हत्या आरोपमा बाँसगढीका एक जना पक्राउ
शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ३०(फरकसमाचार) / हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–२ का ३७ वर्षिय लक्ष्मण चन्दलाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

गत असोज २८ गते बाँसगढी नगरपालिका–२ स्थित काटकुवा खोलामा सोही ठाउँका ४८ वर्षिय हरि बहादुर बुढा मगरको शव पानीमा घोप्टो अवस्थामा फेला परेको थियो । शवको पोष्टमार्टम पश्चात प्रहरी अनुसन्धानमा जुटेको थियो ।

गत शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ शाखा भैरहवाबाट प्रहरी अधिकृतसहितको टोली खटि अनुसन्धानको क्रममा खुल्न आएका शंकित व्यक्ति र मृतकको छोरा मनोज बिएमले चन्दको नाममा किटानी जाहेरी दिएकोमा जिल्ला अदालतबाट चन्दको नाममा पक्राउ अनुमति आई सोमबार चन्दलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट ५ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर