विद्यार्थीलाई पोशाक वितरण
शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक ३०(फरकसमाचार)/ गुलरिया नगरपालिका वडा नंम्बर ७ ले विद्यार्थीलाई पोशाक वितरण गरेको छ । गुलरिया नगरपालिका वडा ७ अन्तर्गत रहेका तीन वटा विद्यालयका विद्यार्थीलाई बिहीबार पोशाक वितरण गरिएको हो ।

७ नंम्बर वडा कार्यालयको आर्थिक सहयोगमा विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । तीन वटा विद्यालयका सम्पुर्ण विद्यार्थीलाई पोशाक वितरण गरिएको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए ।

‘श्री हिमाली आधारभूत विद्यालय चौगुर्जी र दुई वटा मदरसामा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ,’वडा अध्यक्ष यादवले भने,‘तीन वटै विद्यालयका ८ सय ५० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।’

विद्यार्थीलाई पोशाक वितरण कार्यक्रममा गुलरिया नगरपालिका–७ का वडाअध्यक्ष मनोज कुमार यादव, वडा सदस्य निर्मला मैनाली, गुलरिया नगरपालिकाका सुचना अधिकारी मुकुन्द अर्याल, शिक्षा शाखाका प्रमुख सतिस यादवलगायत शिक्षक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर