कृष्ण प्रसाद भुसाल
बर्दिया,मंसिर १/ मधुवन नगरपालिकामा युवा संवाद कार्यक्रम सम्पन्न भएको छ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा मधुवन नगरपालिकामा युवा संवाद कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
मधुवन नगरपालिकाकी उप–प्रमुख अनिता चौधरीको अध्यक्षतामा युवा संवाद कार्यक्रम सम्पन्न भएको छ । संवाद कार्यक्रममा युवाहरूले गुणस्तरीय शिक्षा, युवाका लागि जीवन सीप तालिम, बालविवाहका समस्या, लागु औषध दुव्र्यसन र योजना प्रक्रियामा युवा संलग्नता लगायतका समसामयिक विषयहरू उठाएका थिए ।
२ साताभित्र युवा समन्वय समिति गठन गरी पुससम्म वडा तथा नगरपालिका स्तरीय युवा संजाल गठन गर्ने मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले प्रतिबद्धता जनाए ।
स्थानीय जनप्रतिनिधिहरूले सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गरेका छन् र संवाद नै हाम्रो समुदायको उज्यालो भविष्य तर्फको पाइला रहेको प्रतिक्रिया दिएका छन् । बियुसीका कार्यक्रम अधिकृत ईश्वर बिकले संवाद कार्यक्रम चलाएका थिए भने बीयुसीका पीसी गोविन्द प्रसाद लामिछानेले स्वागत मन्तव्य दिएका थिए ।