विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै
सोमबार, मङि्सर ०३, २०८१ मा प्रकाशित

काठमाडौँ,मंसिर ३ / आजदेखि विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै छ । बर्सेनि विश्वमा प्रतिजैविक प्रतिरोध (एन्टी माइक्रोबियल रेजिस्टेन्स) को बारेमा सचेतना वृद्धि गर्दै रेजिस्टेन्स नियन्त्रणको लागि १८ देखि २४ तारिखसम्म यो सप्ताह मनाइन्छ ।

यो वर्ष ‘बुझौँ, बुझाऔँ आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग फैलाउने वा सङ्क्रमण गर्ने जीवाणुहरू बलियो भई औषधिको प्रभाव नदेखाउनु वा प्रभाहिन हुनु नै प्रतिजैविक हो भनेको छ ।

एन्टिबायोटिक्स (प्रतिजैविक) औषधिको दुरुपयोगले मृत्युको जोखिम बढ्ने भन्दै मन्त्रालयले सुसूचित समेत गराएको छ । मन्त्रालयका अनुसार एन्टिबायोटिक्स औषधि सूक्ष्म जीवहरूलाई नाश गर्ने वा फैलिने क्रमलाई सुस्त पार्छ ।

प्रतिजैविक औषधिहरू विभिन्न आकार, प्रकार वा बनावटमा पाइन्छ । जस्तै: ट्याब्लेट, क्याप्सुल, सिरप, सस्पेंसन ( झोल), इन्जेक्सनमा उपलब्ध हुन्छन् । प्रतिजैविक औषधिहरू जुन कीटाणु समूहविरुद्ध प्रयोग हुन्छ, त्यही अनुसार नाम पनि फरक–फरक छन् ।

मन्त्रालयका अनुसार जीवाणु विरुद्ध काम गर्ने औषधिलाई एन्टिबायोटिक वा व्याकटेरिअल भनिन्छ । यस्तै, भाइरसविरुद्ध काम गर्ने एन्टीभइरल औषधि, परजीवी विरुद्ध काम गर्ने औषधि एन्टीपारासाईट भनेर बुझिन्छ ।

यस्तै, ढुसीविरुद्ध काम गर्ने औषधिलाई एन्टीफंगल भन्ने गरिन्छ । यिनै औषधिहरूको आवश्यकता भन्दा बढी, चिकित्सकको सल्लाह विनै प्रयोग गर्दा यी सङ्क्रमण गर्ने जीवाणु बलियो भई औषधिको प्रभावकारी नहुने समस्या देखा पर्न थाल्छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय