सोमबार, असार ३०, २०८२
मा प्रकाशित
1015
Shares
काठमाडौं,असार ३० / प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि प्रश्न उठ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिन्ता लाग्छ भनेर पत्याउने आधार नदेखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाढा भनिरहँदा या पटक–पटकका संसद् विघटनका शृङ्खला हेर्दा प्रतिगमनकारीहरू सलबलाउँदा वा व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन आधार यसबीचमा देखिएन,’ प्रचण्डले भने ।
ओली नेतृत्वको सरकारको एक वर्षको समयमा यस्तो महसुस भएको प्रचण्डले बताएका हुन् ।अनलाइनखबरबाट साभार

