लागू औषधसहित बाँसगढीका एक जना पक्राउ
सोमबार, माघ २७, २०८२ मा प्रकाशित

बर्दिया,माघ २६(फरकसमाचार)/ लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ रानीपुर स्थितबाट लागू औषधसहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–४ मटेरियाका २७ वर्षीय कालीराम थारु रहेका छन् । भारततर्फबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा थारुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ३ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

थारुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भईरहेको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर