ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु
सोमबार, फागुन २६, २०७६ मा प्रकाशित

साओ पाउलो, फागुन २६ : ब्राजिलको दक्षिण पूर्वीराज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ । उद्धारकर्मीका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घर वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो । गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर