कोरोना संक्रमणबाट जोगिन चीनले सिकायो सूत्र
बुधबार, चैत १२, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत १२ : चीनले पनि नेपाललाई सहयोग गर्ने वचन दिएको छ । शुक्रबार चीनको विदेश मन्त्रालय, जनस्वास्थ्यसँग सम्बन्धित विभाग, स्वास्थ्य कमिसनलगायत अधिकारीले नेपालसहित १८ देशका अधिकारीसँग छलफल गरेका थिए । बिहीबार चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोको स्थायी समितिले गरेको निर्णयका आधारमा चीन सरकारले सहयोग गर्ने अधिकारीहरूले बताएका छन्  ।

सबै देशका अधिकारीसँग चिनियाँ अधिकारीले एकैपटक सामूहिक भिडियो कल कन्फरेन्स गर्दै वुहान सहरमा कोरोना महामारी नियन्त्रणको अनुभवसमेत सुनाएका थिए  । उनीहरूले कोरोनाको मूल स्रोतलाई काट्ने, फैलावट रोक्ने र जोखिममा रहेका उमेर समूहका मानिसलाई जोगाउने सूत्र सुनाएका थिए  ।

चिनियाँ अधिकारीले आफ्नो बलबुताले भ्याएसम्म विश्वव्यापी महामारी नियन्त्रणका लागि सघाउने वचन दिएका छन्  । नेपाली अधिकारीले भने, ‘चीनले के चाहिन्छ सम्बन्धित कूटनीतिक च्यानलमार्फत पठाउन भनेका छन् र सकेको मद्दत गर्ने वचनबद्धता दिएका छन् । नेपालले आवश्यक पर्ने चिनियाँ सहयोगको सूची पठाइसकेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर