अमेरिकामा एकै दिन चारजनाको निधन
सोमबार, चैत २४, २०७६ मा प्रकाशित

वाशिङटन डिसी, चैत २४ : अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको संख्या पाँच पुगेको छ ।

शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आएको थियो । निधन भएकाको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर