हुम्ला, वैशाख ७ : जिल्लामा कोभिड –१९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले जिल्लामा स्वास्थ्य सामग्रीको अनुगमनसहित सरोकार निकायसँग छलफल गरेको छ ।
जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाले गरेको तयारीबारे अनुगमन तथा छलफल गरेको टोली प्रमुख अनुज भट्टचनले जानकारी दिए । जिल्लामा स्वास्थ्य जाँचका लागि सामग्रीको अभाव भएको हुनाले केही समस्या आउनुभन्दा त्यसको यथाशीघ्र व्यवस्था गरी दिन मन्त्रालयलाई सिफारिश गरिएको डा. टसियाङ्गजुक लामाले बताए ।
जिल्लामा अहिलेसम्म कसैलाई एकान्तबासमा राख्न नपरेको बताउँदै उनले निगरानीमा रहेकाहरुको तथ्याङ्ग सार्वजनिक गरिने जानकारी दिए । आगामी दिनमा भैपरी आउने समस्या सकेसम्म समाधान गर्ने सकिने विश्वास रहेको डा. लामाले बताए ।