कञ्चनपुर, वैशाख ७ : भीमदत्तनगरस्थित महाकाली अस्पतालका लागि केही दिनअघि ल्याइएको भेन्टिलेटरसहितका उपकरण सप्लायर्स कम्पनीले पुराना र खिया लागेका थोत्रा उपकरण पठाएपछि समस्या भएको छ।
‘यस्तो विषम परिस्थतिमा पनि सप्लासर्यले गलत मनसायले पुराना सामान पठाएको जस्तो लाग्छ,’ महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘गलत गर्नेलाई कारवाहीका लागि राज्यले ध्यान देओस्।’ उनले भने, ‘अख्तियारले पनि छानबिन थालेको छ, यथार्थ बाहिर आउनेमा आशावादी छौँ।’
अस्पतालका अनुसार उक्त सप्लायर्स ५३ लाख ८७ हजारमा उपकरण उपलब्ध गराउने सहमति गरिएको थियो। अस्पताल प्रशासनले उक्त उपकरण खरीदका लागि ५५ लाख ७० हजार लागत अनुमान गरेको थियो। ‘मन्त्रालयबाट आउनुभएका बायो मेडिकल इन्जिनीयरसहितको मूल्याङ्कन समितिले आरजी सप्लायर्सका सबै कागजी कागजात ठीक भनेपछि तीन दिनभित्र सम्झौताका लागि गत चैत २८ गते पत्राचार ग¥यौँ ,’ अस्पताल प्रशासनका लेखा अधिकृत नन्दराज भट्टले भने, ‘तर सम्झौता नगरी अचानक चैत ३० गते उपकरण सप्लायर्सले अस्पतालमा पुर्यायाे ।’