कतारमा १७ नेपालीलाई आममाफी
बिहिबार, बैशाख ११, २०७७ मा प्रकाशित

कतार, वैशाख ११ : कतारमा विभिन्न कसूरमा जेल जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन्। कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले विश्वमा फैलिरहेको महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कैदीहरूलाई आममाफी दिने घोषणा गरेका हुन्।

कैदीहरूको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखेर केही कैदीहरुलाई आममाफी दिइएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ। ‘सो आम माफीअन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक पनि रिहाई हुनुहुने भएको जानकारी सबैमा अनुरोध छ’ नेपाली राजदूतावासले जनाएको छ।

रिहाई हुनेमा १७ नेपालीमध्ये १३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना मादकपदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर