शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

पवन ज्ञवाली


म गाउँले , कोरोनाको डर ले शहर छाडेर गाउँ पसेको मध्ये एक गाउँले हो म । म काठमाडौंमा बस्न लागेको ६ बर्ष भयो यो ६ बर्षमा मैले म ६ दिन पूरा बस्ने गरि घर आएको थिएन । यो पालि कति दिनको बिदा हो पत्तो छैन , आशा गरौं चाडै शहर फिर्न पाईयोस् । लकडाउन सुरु भयो भने पछि म तछाड मछाड गरेर गाउँ आएको हुँ।
लकडाउनमा शहर त सुनसान थियो गाउँ रहेनछ यहाँ त काम गर्ने चटारो रहेछ ।

बर्खा लागे जसरी झमझम पानी, मकै छर्ने मेलो, कहिँ असारे धान रोप्न बीउ राख्न भ्याई न भ्याई । सरकारले भन्छ सामाजिक दुरि कायम गरौं काम एक्लै गर्न नसकिने माफ गर सरकार हामी मिलेर काम गरेका छौं तर हामीले सावधानी अपनाएको छौं। पहिला मेलापात गर्दा एकले अर्कोलाई बोलाउने गर्थ्यौं तर अहिले सबै जम्मा भएका छौं परिवार सबै मिलेर काम गरिरहेका छौं ।

गाउँमा पनि कोरोनाको त्रास त छदैं छनी, अनावश्यक काममा बाहिर हिडेको छैनौं । शहर बाट गाउँमा गए काेराेनाबाट बचिन्छ भन्ने भ्रम नै हो । सबै गाउँमा तछाडमछाड गर्दै आयौं । यसले झनै सुरक्षित गाउँमा कोरोना आउन सक्ने बनायौं । गाउँ हो भन्दैमा घुम्ने , रमाइलो गर्ने , भेट घाट गर्ने नगरौं ।

सरकारले भारतबाट नेपाली ल्याउन लागेपछि हाम्रो गाउँमा पनि हाम्रो दाजुभाई आउन लाग्नु भएकाे छ । मैले भारत बाट आएको सबैलाई कोरोना लागेको छ भनेको त छैन, तर हामी सावधानी अपनाउनु चाहिँ पर्छ ।

सामाजिक दुरी कायम गरि हामी हाम्रो काम गरौं । अनावश्यक हो हल्ला को पछाडि नलागौ र लकडानको बेला ठुला काम विवाह , ब्रतबन्ध, पुजामा धेरै जम्मा नगरौं ।

दिनभर घरमा बस्दा खेतीपातीमा लागौं सकिन्छ बिक्री गर्ने गरि खेती गरौं सकिन्न आफैलाई पुग्ने खेतीपाती गरौं । लकडाउनको पालना गरौं, घरमै बसौं, बेला-बेलामा साबुन पानीले हात धुने गराैं, सरकारको आदेशलाई पालना गरौं ।

जय नेपाल, जय नेपाली

प्रतिक्रिया

सम्बन्धित खवर