बुधबार, असार ३१, २०७७
मा प्रकाशित
0
Shares
काठमाडाैं, असार ३१ : बुधबार थप एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ९० जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका २.२८ प्रतिशत मात्रमा कोरोना पुष्टि भएको हो । यो संगै १७ हजार एक सय ७७ पुगेको छ ।
बुधबार ६ सय ९७ जना डिस्चार्ज भएको छ । योसंगै कोरोना निको हुनेका संख्या ११ हजार २५ जना पुगेको छ । ६४.१८५ प्रतिशत संक्रमित निको भइसकेका छन् । थप एक जनाको मृत्यु भएको छ । याेसंगै मृत्यु हुनेकाे संख्या ३९ पुगेकाे छ ।
प्रदेश १ मा सात सय ७८ जनामा सक्रमण पुष्टि भएको छ । प्रदेश २ मा चार हजार चार सय १६ जनामा संक्रमण भेटिएको छ । त छन् । बागमती प्रदेश ३ मा आठ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा एक हजार तीन सय पाँच संक्रमित भेटिएका छन् । प्रदेश ५ मा चार हजार ९३ जनामा संक्रमण पुष्टि भएको छ । कर्णली प्रदेशमा एक हजार सात सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। सुदुरप्रदेशमा तीन हजार नौ सय ५९ जना संक्रमण देखिएको छ ।