१२ कोरोना संक्रमित भेन्टिलेटरमा, १३५ जना आईसीयूमा
शनिबार, भदौ ०६, २०७७ मा प्रकाशित

काठमाडौं, भदाै ६ : कोरोनाको संक्रमण बढ्दै जाँदा आईसीयू र भेन्टिलेरटरमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार भेन्टिलेटरमा उपचाररत सबै १२ जना संक्रमित वागमती प्रदेशमा छन् । १३५ जना आईसीयूमा उपचाररत छन् । जसमध्ये प्रदेश १ मा १५, प्रदेश २ मा ४६, वागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र ६ नम्बर प्रदेशमा १६ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ भने १४६ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर