कोइराला कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्यमा मनोनित
बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

सुर्खेत : नेपाली कांग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागको केन्द्रीय सदस्यमा कोइराला मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार कोइरालालगायत कांग्रेस नेताहरुलाई विभागमा मनोनयन गरेका हुन् । विभागको संयोजकमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन् ।

विभागको सदस्यमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका डा. सुरेश आचार्य, पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, नेपाल प्रेस यूनियनका पूर्वअध्यक्ष समिरजंग शाह, नीर शाह, नन्दकृष्ण जोशी, मीनबहादुर भाम लगायत मनोनित भएका छन् ।

सुर्खेतका कोइराला नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष र नेपाल प्रेस यूनियन पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर