काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला" />
बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटैै जिल्लाका अधिकारीहरुले भदौ २४ गते मध्यरात १२ बजेसम्म लागू हुने गरी बुधबार साँझे निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

यसपटक निषेधाज्ञा पहिले भन्दा खुकुलो बनाइएको छ भने विहान ११ बजेसम्म खाद्यवस्तु, दूध, फलफूल, तरकारी, माछारमासुका व्यवसाय खोल्न पाइनेछ । यसैगरी औषधी तथा पानीको जस्ता अत्यावश्यक पसल भने दिनभर सुचारु हुनेछ ।

यसैगरी छोटो दूरीको ढुवानीका सवारी साधन दिउँसो २ देखि ९ बजेसम्म चलाउन सक्नेछन् । यसअघि प्रतिबन्ध लगाइएको टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा भने खुला गरिएको छ । होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ ।

अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर रिपोर्ट नेगेटिभ भएको पुष्टि अनिवार्य गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर