बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बस्ती बगाउँदा १२ जना बेपत्ता भएका छन् ।
बागलुङको सुकुर्दुङ खोलामा बाढी आउँदा बोबाङ, सुकुरदुङ र शेरावाङ गाउँका कम्तीमा १० घर बगाएको स्थानीयले बताएका छन् ।
अरिवरल वर्षाका कारण गएराती १२ बजेको समयमा आएको बाढीले गर्दा करिब १२ जना सम्पर्क विहीन रहेको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका र्ईन्क्पेक्टर प्रकाशसिंह भण्डारीले जानकारी दिए । रातिको समयमा बाढी आउँदा कति जना बेपत्ता भए यकिन हुन नसकेको र उद्धारको काम भइरहेको भण्डारीले जानकारी दिए ।
बाढीका कारण करिब १२ जना बेपत्ता भएको र एकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । उनले राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको र घटनाको प्रकृति बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली पनि ढोरपाटन जान लागेको समेत जानकारी दिए ।
घट्टबोटमा ७ जना, लाकुरीबोटमा ३ जना, दुनेपधेँरीमा ३ जना, भुसुन्डेमा ३ जना सम्पर्कविहीन भएका छन् ।