बिहिबार, भदौ १८, २०७७
मा प्रकाशित
0
Shares
दुर्गा आचार्य
बर्दिया, भदौ १८ ।
दाउँरा बटुल्न गएका तीन जना कर्णाली नदीमा बिहिवार दिउँसो बेपत्ता भएका छन् । बेपत्ता भएकाको प्रहरीले खोजी कार्यतीब्र पारिएको प्रहरीले जनाएको छ । अनुसार गेरुवा गाउँपालिका ४ का ४० वर्षिय बल बहादुर रोकाय, १४ वर्षिय पबि रोकाय र १४ वर्षका भरत रोकाय कर्णाली नदीमा बेपत्ता भएको एसपि केदार रजौरेले जानकारी दिए । बेपत्ताको खोजी कार्य गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनका अनुसार बेपत्ता खोजी गर्न मोटर बोट लिएर गोताखोरका टोली पनि घटनास्थल तर्फ हिडिँसकेका छन् । खोजी कार्यको लागि गोताखोर र सुरक्षाकर्मी परिचालन गरिएको छ : प्रजिअ लीलाधर अधिकारी