आईसोलेसन कक्षलाई  लुथरन वल्र्डको सहयोग
बिहिबार, भदौ १८, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया,भदौ १८
लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा आईसोलेसन कक्ष संचालनका लागि सामाग्री उपलब्ध भएको छ । आईसोलेसनका लागि लुथरनको आर्थीक सहयोगमा दलित महिला उत्थान संघले बिपद व्यबस्थापन तथा संकट व्यबसथापन समितिलाई सामाग्री उपलब्ध गराएकोे हो । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले संघकोे हातेमालोले कोरोना संक्रमितलाई सहयोग पुग्ने बताए । ‘आईसोलेसन कक्ष संचालन ल्याउँन जरुरी छ ’प्रजिअ अधिकारीले भने,‘राज्यको मूख मात्र नताकेर सहयोगी निकायको सहयोग आवश्यक छ ।’लुथरनको सहयोग सह्रानिय भएको उनको भनाई छ । नया आइसोलेसनमा आवश्यक सामाग्री संघका अध्यक्ष श्री खिमा बिक मार्फत प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमको विच हस्तारन्तर भएको छ  संघको सहयोग ले कोरोना नियन्त्रण मा सहयोग पुग्ने आशा रहेको संघको अध्यक्ष बिकको भनाई छ ।
तन्ना, सिरानी सहित सेनिटाइजर हस्तान्तरण भएको संस्थामा सम्बद्ध परियोजना संयोजक बिष्णु नेपालीले जानकारी दिईन ।उनका अनुसार28 वटा बेड (म्याटरिस, तन्ना, सिरानी सहितको ), 28 वटा साइड टेबुल (लकर), 30 वटा पि.पि.इ., 100 वटा N95 mask, 100 वटा सेनिटाइजर हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर