शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

नेपालगञ्ज । बाँके जिल्लामा हप्तामा २ दिन निषेधाज्ञा गरिने भएको छ । जिल्लामाा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हप्तामा २ दिन निषेधाज्ञा गर्न लागिएको हो ।

शुक्रबार र शनिबार गरी २ दिन निषेधाज्ञा गरिने बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी गराए ।
जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन समितिले गत साता नै प्रत्येक शुक्रबार र शनिबार जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि त्यसका रोकथामका निम्ति हप्तामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको कुरुम्बाङले बताए । निषेधाज्ञाको पालना नगर्नेलाई कानुन बमोजिमको सजाय दिने र अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने जानकारी समेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर