शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता,
गुलरिया । बर्दिया स्थित गुलरियामा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरु यतिबेला मर्कामा परेका छन् ।
कोरोनाको कहरले विद्यालयहरुले अनलाईन पढाईलाई निरन्तरता दिईरहेको भएता पनि धेरैजसो विद्यार्थीहरुसँग ईन्टरनेटको पहुँच नभएकाले पढाईमा निरन्तरता पाईरहेका छैनन् ।

बबई बहुमूखी क्याम्पसमा बि.बि.एस.मा अध्ययनरत विद्यार्थी सुमन परियार भन्छन्, ‘क्याम्पसले अनलाईन पढाई सञ्चालन गरिरहेको भएपनि आफुसँग ईन्टरनेट नहुँदा कक्षालाई निरन्तरता दिन पाएको छैन ।’

आफुसँग सधै ईन्टरनेट हुँदैन, क्याम्पसलाई सबै विद्यार्थीहरु मिलेर अनलाईन कक्षालाई कसरी सजिलै सबै विद्यार्थीहरु सामु पुु¥याउन सकिन्छ भन्दा क्याम्पस प्रमुख सामु प्रश्न राख्दा उत्तर नपाएकोमा विद्यार्थीहरु दुखी भएको र पढाईमा बाधा पुगेको उनले भने ।

अन्य निजी तथा सरकारी विद्यालयहमा पनि यस्तै किसिमको समस्या भएको विद्यार्थीहरु बताउँछन् । अनलाईन पढाईको लागि सबै विद्यार्थीहरुसँग ईन्टरनेटको सुविधा नभएकाले यस्ता अवस्था सिर्जना भएको शिक्षक रविन्द्र घिमिरेले जानकारी गराए ।

ईन्टरनेटको उपलब्धता भएका विद्यार्थीलाई पनि ईन्टरनेटको स्पीड अत्यन्तै कम हुँदा र विद्युुत छिन्छिन्मा आउने जाने गर्दा अनलाईन पढाईमा बाधा पुग्ने गरेको छ भने धेरैजसो विद्यार्थीहरु माझ ईन्टरनेट नहुँदा अनलाईन कक्षा खासै उपयोगी नभएको विद्यार्थीहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर