शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित

काडमाडौं । कोरोना भाइरसको महामारी देशभर बढिरहँदा कोरोनाको जोखिमबाट बच्न कोरोनाको बिमा गराउने मानिसको संख्या दिन प्रतिदिन बढिरहेको छ । बिमा समितिले कोरोना बिमाको नयाँ मापदण्ड बनाएको छ । जस अन्र्तगत बिमितहरुले कोरोना संक्रमण भएको रिपोर्ट निजी ल्याबाट ल्याएको अवस्थामा बिमा दावी भुक्तानी बिमितहरुले नपाउने भएका छन् ।

समितिले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायबाट गरेको पीसीआर परीक्षणलाई मात्रै मान्यता दिएर बिमा भुक्तानी गर्ने बिमा कम्पनीहरुलाई आदेश दिएको छ । यो मापदण्ड लागु भएकोे खण्डमा निजी ल्याबको परीक्षणबाट बिमा दावी भुक्तानी पाउने छैनन् ।
सरकारले विभिन्न ल्याबहरुलाई कोरोना भाइरसको परीक्षणका लागि मान्यता दिएको भएता पनि निजी ल्याबको रिपोर्ट कोरोना पोजेटिभ आए कोरोना बिमाको भुक्तानी नपाउने भएका छन् ।

निजी ल्याबको रिपोर्ट गलत हुने गरेको उजुरी आएपछि यस्तो मापदण्ड बनाउन लागेको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर