(बर्दिया) प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मन्त्रालयको मन्त्री मण्डल हेरफेर र बिस्तारको हल्ला सँगै पश्चिम नेपालका लोकप्रिय नेता तथा पुर्व जलस्रोत र गृह मन्त्री जनार्दन सर्मालाई जिम्मेवार पदमा ल्याएर ‘समृद्ध नेपाल,सुखी नेपाली’ बनाउँने अभियानमा जनार्दनलाई सहभागी गराउँने पर्ने माग गरेका छन् ।यतिबेला जनार्दनलाई जिम्मेवार पदमा सरकारले निर्णय गर्ने कुराको पर्खाईमा पश्चिम नेपाल छ । उनलाई जिम्मेवार पदमा सरकारले निर्णय गर्न पर्नेमा अभिमत देखिन्छ । उनी पश्चिम नेपालका एक सफल नेतृत्व भन्दै उनलाई गृह मन्त्रालयमा फेरी दोहोराएर देशलाई नयाँ गन्तव्य तिर पुराउँन सक्ने रुपमा जनार्दनलाई हेरेका छन् । ‘राईट म्यान, राईट प्लेस’मा सरकारले जनार्दनको पक्षमा निर्णय गर्नु पर्ने अभिमतको माग छ ।
राष्ट्रिय सभाको रिक्त पदमा नेकपाका बरिष्ठ नेतालाई बामदेव गौतमलाई मनोनयन गरेसँगै देश हाक्न सक्ने पश्चिम नेपालका नेता जनार्दन सर्मालाई पनि जिम्मेवार पदमा लैजाने निर्णय गर्ने कुरामा आशा र भरोसा सहित सरकारको निर्णयको पर्खाईमा पश्चिम नेपाल छ ।
यस्तै गरी सरकारले राष्ट्रिय सभामा गौतमलाई लैजादै गर्दा अर्थ मन्त्री बनाएर देशको अर्थतन्त्र सुदृढ गर्ने अपेक्षा गरेका बेला जनार्दनलाई पनि गृहमन्त्रीको जिम्मेवारी दिनेमा जनता बिश्वस्त छन् । अर्थमन्त्री युवराज खतिवडासँग आशा धेरै गरेपनि उपलब्धि न्यून भएको पुर्व अर्थ मन्त्री राम शरण महत, अर्थविद बिष्णु पौडेल र महासंघ गोल्छाले सार्वजनिक गरेको अभिव्यत्तिले विभिन्न काम औसत मात्र रहेको पुष्टि हुन्छ ।
यस्तै पश्चिम नेपालका चर्चित र लोकप्रिय नेताका रुपमा चिनिएका जनार्दनलाई जिम्मेवार पदमा पुग्ना साथ एक पछि अर्को राम्रो काम गर्न सफल नेता भनेर मुक्त कण्ठले प्रशंसा गर्छन । नेपालमा जलस्रोत क्षेत्रमा कायापलट गरेका कुलमान घिसिङलाई ल्याएर उज्यालो नेपाल बनाउँने अग्रसर भुमिका निभाएका कारण उनको नाम चर्चामा छ । सर्मा उज्यालो नेपालको कमाण्डरका रुपमा परीचित नाम हो ।
बिद्युतमा भईरहेको अनियमियता रोक्न त्यति बेला जनार्दनको भूमिका प्रशंसनिय भएको दाबी गर्छन । अनियमित तरिकाले बिद्युत अबरोध र बिद्युतमा भईरहेको राजश्व अनिमियताका लागि घिसिङलाई अग्रभागमा राखेर जतिसुकै ठूलो दबाब सहन सक्ने सफल नेतृत्वको भूमिका निभाउन सक्ने जनार्दन माथी सर्बसाधरणको ठुलो बिश्वास छ ।
जनार्दन जलस्रोत मन्त्री भएका बेला विदेशी लगानीमा संचालन हुनुु पर्ने हाईड्रोमा बिदेशी लगानी आर्कषित गर्न उनी सफल भए । जर्जर अबस्थामा गुुज्रिएको जलस्रोत मन्त्रालयले व्यबसायीलाई आर्कषित गरेर कायापलट गर्न सक्ने रुपमा उनी चिनिन्छन् । सफल नेता बन्न जनार्दनको निष्ठावान र ईमान्दार छबि काफी छ । हाईड्रोमा विदेशी लगानी भित्राउन लोकप्रिय कडीका रुपमा उनलाई औल्याएका छन् । पहिला ‘झोलामा खोला’ बोकेर हिड्ने निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउँन सक्ने जनार्दनको लोकिप्रियताको अर्को सफलता हो । विदेशी लगानीमा सहयोग भूमिका र १० वर्ष सम्म डलरमा पिपिए गर्ने व्यबस्था वा निति लागु गर्ने जनार्दनलाई श्रेय जान्छ । जसको कारण विदेशी लगानी भित्रिन सहज भयो । तुरुन्त कारबाही गर्ने निती अख्तीयार गर्दा लापरबाही गर्ने निर्माण कम्पनी साईड लागे । जलस्रोत मन्त्रालयको निती नियम अन्य मन्त्रालयमा बाँझिदा पर्ने असुबिधिलाई ‘वन डोर’ सिस्टम ल्याउँने जनार्दनको लोक प्रिय काम हो । २० औं वर्ष एउटै कार्यालय बस्ने कर्मचारीलाई सरुवा गरेर बिद्युत चुहावटको काम रोक्न उनको सह्रानिय भूमिका हात रहेको छ ।
गृह मन्त्रालय सम्हाल्दा पनि उनले गरेको लोकप्रिय कामको चर्चाको सूचि लामो छ । बर्षौ देखि विवादित र असफल भएको बढुवा प्रणालीलाई कार्य सम्पादान मूल्याकंनको आधारमा गरिँदा बिना विवाद टँुगिएको प्रहरी अधिकृत स्मरण गर्छन । गृह मन्त्रालयमा स्वच्छ छवि भएका मन्त्रीका रुपमा चिनिएको एक प्रहरी अधिकृत बताउँछन् । ‘मन्त्री हुदा प्रहरीका सानो दर्जा देखि ठूला दर्जा सम्म सम्मान व्यबहार काम भयो’ उनले भने, ‘चर्को दबाब सहन सक्ने भएकाले त्यति बेला सुरक्षाकर्मीले उच्च मनोबलका साथ काम गरे ।’ नितीगत सुधार र सुरक्षाकर्मी मूल्याकंन अनुसार बढुवा भएका कारण स्वच्छ छविको नेतृत्वको रुपमा गृह मन्त्रालय चलाएकाले पूनः जनार्दनलाई गृह मन्त्रालयमा दोहोराउन पर्ने अधिकांशको माग छ ।