रौतहट — दोषीलाई कारबाही र ‘न्याय देउ’ भन्दै निरन्जन, बिजय हत्याकाण्ड संघर्ष समितिले शनिबार चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ । कोभिड १९ को संक्रमणका कारण जिल्लाभरी निषेधाज्ञा जारी रहे पनि संघर्ष समितिले आन्दोलनलाई जारी राखेको हो । प्रदर्शनका क्रममा उनीहरुले प्रहरीविरुद्ध चर्का नारा लगाए ।गरुडा नगरपालीका ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बिजय महरालाई पक्रेर हत्या स्वीकार्न यातना दिँदा मृत्यु भएको भन्दै यहाँ दिनहुँ प्रदर्शन भइरहेको छ । निरन्जनको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको थियो । प्रहरीले हत्यामा संलग्न भन्दै गाउँकै ७ जनालाई पक्रेर कर्तब्य ज्यान मुद्दा चलाइसकेको छ ।
पीडितले हत्यामा संलग्न भनेर समातेकामध्ये बिजय लगायत ५ जना निर्दोष भनिरहेको अवस्थामा प्रहरीले हत्या कबुल गराउन हिरासतमा यातना दिएर बिजयको मृत्यु भएपछि आन्दोलन चर्केको हो । घटनामा बिजयलाई यातना दिने प्रहरी ईन्स्पेक्टर नविनकुमार सिंह लगायत ३ जना निलम्बन भइसकेका छन् । कान्तीपुर दैनिकबाट साभार गरिएको हो ।
आइतबार, भदौ २१, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host