बेद प्रकाश गुप्ता,
बर्दिया, भदौ २१ ।
असार दोस्रो साता देखि मनसुन सुरुसँगै बर्सेनी बाढीको चपेटामा पर्ने सर्वसाधरणले असुरक्षित महशुस गरेका छन् । कर्णालीमा निर्माणाधीन तटबन्धन भत्किएको अवस्थामा छ भने बबई नदीमा निर्माण भईरहेको तटबन्ध अपूरो अवस्थामा छ । ०७१ र ०७४ सालमा आएको बाढीपछि तिब्रता पाईरहेको तटबन्ध सम्बन्धित निकायले ध्यान नदिँदा तटबन्ध निर्माणको काम अघि बढ्न नसकेको स्थानीय गुनासो गर्छन ।
‘सिडिओ, जनप्रतिनिधिले पटक पटक स्थलगत अनुगमन गरेका छन्’ राजापुरका सनकट्टि घाटका राम बहादुर चौधरीले भने, ‘आयोजना प्रमुख धर्म न्यौपानेको लापरबाहीले समस्या निम्त्याईरहेको छ । राजनितिक संरक्षणमा रहेकालाई ठेक्काको कोटेशन बाड्ने र नेताहरुले साधन स्रोत उपलब्ध गराएर दुरुपयोग गर्नेमात्र आयोजना प्रमुख न्यौपानेको ध्यान छ ।’
प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको नेतृत्वमा सुरक्षकर्मी सहभागी गराएर भदौ पहिलो साता बस्ती बचाउँनका लागि प्रयास भएपनि प्रयाप्त नभएको स्थानीय बताउँछन । कर्णाली तिघ्रा, सनकट्टि लगायत ठाउँमा तटबन्ध भत्काएको छ । बाढी आयो भने भगवान पुर्कानुको बिकल्प नभएको उनी गुनासो गर्छन । बबई र कर्णालीका दर्जन भन्दा बढि ठाउँबाट नदी पस्यो भने राजापुर नगरपालिका कर्णाली नदी र गुलरियाका अधिकांश क्षेत्रमा बबई नदी बग्ने उनी बताउँछन् ।
असार दोस्रो साता देखि मनशुन सक्रिय भएपछि आकाशमा बादल मडारिदा रामपुरटापुकि ६५ बर्षिय नन्दकला डाँगीको भोक र निन्द्रा दुबै बिथोलिएको छ । ०७१ सालमा बबईमा आएको बाढीले घर बगाएर उनलाई पहिलेको नियति भोग्ने पर्ने हो कि भन्ने चिन्ताले रात दिन पिरोलिरहेको छ । बाढी ग्रस्तका हजारौं सर्वसाधरण तटबन्धनले पुर्णता नपाउँदा बर्खायामा त्रासमै गुजार्नु परेको अर्की बाढीपिडित विमला विकले वताईन ।
तर, बबई नदी नियन्त्रणका लागी निर्माण भएका तटबन्धनको काम अहिले अघि बढ्न सकेको छैन । बबई कटान रोक्न समयमै बजेट नआउँदा तटबन्धको काम पुर्ण रुपमा प्रभावित भएको हो । ०७१ साल साउन अन्तिममा आएको बाढीले ३० जनाको ज्यान गएको थियो । ४ जनाको अवस्था अझै अज्ञात छ भने एक लाख घरधुरी प्रभावित भएका थिए । बाढी र कटानबाट अझै १ सय ६२ परिवार घरविहिन छन् । भादामा निर्माणाधिन पुलबाट बबई पस्न सक्ने जोखिम रहेको स्थानीय बताउँछन् । यदि त्यहा बाट नदी बस्ती पसे यसअघि निर्माण भएको करौडौका तटबन्ध भत्किने जोखिम छ । कटान र बाढीको उच्च जोखिम हुने खतरा बढेकोले स्थानीय त्रसित छन् । ‘तटबन्धनका कामले यति वेला तिब्रता पाउँनु पर्ने हो’ स्थानीयबासी सन्तोस भाटले भने, ‘कोरोना संक्रमण व्यवस्थापनसँगै बाढी पूर्व तयारी पनि हुनु पर्ने हो ।’ बबई भादा र औराही नदी नियन्त्रण कार्यालयले नेपाल भारतको सीमा क्षेत्रमा अस्थाई तटबन्ध निर्माण गरेको छ । कर्णालीका नदीको तुलनमा बबईमा बाढी नियन्त्रणका लागि बनेको तटबन्ध तुलनात्मक रुपमा गुणस्तर छ ।
०४० साल देखि हालसम्म वर्षायाममा नदी कटानले सदरमुकाम गुलरियामा करिब दुई सय बिघा जग्गा बगरमा परिणत गरिसकेको तथ्यांक छ । वर्षायाम सुरु भएपछि बाढीको त्रासले तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्ने गर्छन् । नदी कटानले गुलरिया आसपासका दर्जनौ बस्ती उच्च जोखिममा रहेको छ ।
आइतबार, भदौ २१, २०७७
मा प्रकाशित
0
Shares
ताजा समाचार
लोकप्रिय
© 2025, All rights reserved to Farak Samachar // Website By Lumbini Host