सीजी फुड प्रालि बर्दियाका ४२ कर्मचारीमा कोरोना संक्रमण
आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

बेद प्रकाश गुप्ता
बर्दिया, भदौ २१
बर्दियामा बासगढीमा रहेको सीजी फुड कम्पनीका ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ३२ जनामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको हो । सीजी फुड प्रालिका ४२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख गोकर्ण गिरीले जानकारी गराएका छन् । यसअघि सीजी फुडमा दुई जना लाई लक्षण देखिएपछि स्वाब संकलनमा दुई जना लाई नै कोरोना पुष्टि भएको थियो । कामदारसँग कन्ट्रयाक्ट ट्रेसिङमा परेका २ सय ३२ जनाको कोरोना परीक्षण नतिजामा ४२ जना लाई कोरोना पुष्टि भएको हो । कोरोना पुष्टिसँगै सीजी फुडलाई यसअघि नै स्थानीय प्रशासनले शील गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । ‘सीजी फुडका कामदारसँग सम्र्पकमा आएकाको स्वाब संकलन गरिएको थियो’ उनले भने, ‘स्वाब संकलन भएकाबाट ४२ जनामा कोरोना पुष्टि भएको हो ।’ स्थानीय प्रशासनले कर्मचारीको लोकेशनका का आधारमा स्थानीय तहसँगको समन्वयमा त्यस क्षेत्र शिल गरिने प्रजिअ अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको सख्या ४ सय ४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर