स्वास्थ्यमन्त्रीका परिवारमा कोरोना पुष्टि
आइतबार, भदौ २१, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण देखिएको छ । तीन दिनअघि परिवारका एकजना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । परिवारका सदस्यामा कोरोना भाईरसको संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टीनमा बसेका छन् ।

परिवारका सदस्यलाई संक्रमण भएकाले निवासबाटै मन्त्रालयको काम गरिरहेको मन्त्री ढकालले फरकसमाचारलाई बताए । उनले परिवारको सदस्यमा कोरोनाको संक्रमण देखिए पछि आफु क्वारेन्टीनमा बसेको र आफुलाई कोरोना संक्रमण नरहेको फरकसमाचारसँग बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर