बलात्कार गरेको अभियोगमा प्रहरी जवान पक्राउ
सोमबार, भदौ २२, २०७७ मा प्रकाशित

भदौ २२, काठमाडौं

युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् ।
गौशालाका प्रहरी नायब उपरीक्षक जितेन्द्र भण्डारीले २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको हो ।
प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ । जाहेरी दर्ता भएपछि प्रहरीले पीडित युवतीको स्वास्थ्य परीक्षण गराएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित युवतीबीच पहिले देखि चिनजान रहेको पाइएको छ । दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । थिङको म्याद थप गरेपछि बयान लिने महानगरीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर