भेरी अस्पतालमा ७२ वेडको कोरोना विशेष अस्पताल संचालनमा
बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

भदौ २५, बाँके । भेरी अस्पताल नेपालगन्जमा ७ आइसीयु सहित ७२ बेडको ‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालन भएको छ । यस अघि अस्पतालमा ८ वटा आइसोलेसन बेड सञ्चालनमा थियो । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको कोरोना विशेष अस्पताल पनि भेरी अस्पतालले नै सञ्चालन गरेको थियो । उक्त अस्पताललाई भेरी अस्पताल बाँकेमा स्थानान्तरण गरिएको हो ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार ‘भेरी कोरोना विशेष अस्पताल’ को उद्घाटन गरेका हुन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल, समाजसेवी मधुसुधन शर्मा, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, भेरी कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डा.श्यामसुन्दर यादव लगायतको उपस्थिती थियो । भेरी कोरोना विशेष अस्पताल बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघ, सांग्रीला विकास बैंक, नेपालगन्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेजहरुले पनि सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर