आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

बाँके,भदौ २८(फरक समाचार)
ठाकुरबाबाकि साबित्री थापाले फेसबुक मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी शनिबार गराईन । उनले फेसबुक मार्फत कन्ट्याक्ट टेसिङमा परेकालाईस्वाव संकलन गर्न आग्रह गरेकि छन् ।
शनिबार बर्दियाका तीन जनालाई कोरोना पुष्टि भएको थियो । बाँकेका पत्रकार दामोदर भण्डारीले पनि फेसबुक मार्फत कोरोना पुष्टि भएको जानकारी गराए । शिक्षण अस्पताल बाँकेमा उपचारर्थ उनले आफ्नो स्वास्थ्य अबस्थाको बारेमा पनि जानकारी गराउँदै आएका छन् ।समुदायमा कोरोना संक्रमित पुष्टि भएसँगै संक्रमित खुलेर जानकारी गराउँनु राम्रो पक्ष भएको स्वास्थ्यकर्मी बताउँछन ।‘समाजको त्रासले संक्रमित खुल्न चाहन्नन्त,तर कुनै अपराध गरेर संक्रमित भएको होईन भन्ने कुरा बुझन प¥र्यो,’उनले भने ।
समुदायमा गरिएको स्वाव संकलनको नतिजा धमाधम कोरोना पुष्टि हुन थालेको छ ।कोरोना पुष्टि भएपनि कोरोना संक्रमित खुल्न थालेका छन् । पछिल्लो समय फेसबुकमा आफु कोरोना संक्रमित पुष्टि भएको उल्लेख गर्दे स्वाव परीक्षण गर्न आव्ह्वान गरेको देखिन्छ । संक्रमित खुल्न थालेको स्वास्थय कार्यालयका प्रमुख गोर्कण गिरीले बताए ।‘समुदायमा पनि संक्रमित देखिन थालेका छन्’उनले भने,‘संक्रमित खुलेर टा«भल हिस्ट्रि थाहा पाउँन सजिलो भएको छ ।’
शनिबार आएको नतिजमा बाँकेमा मात्र ५१ जनलाई कोरोना पुष्टि भएको छ । क्वारेन्टिनमा बसेका मात्र नभई समुदायबाट संकलन गरिएको स्वाबको नतिजामा कोेरोना पुष्टि भेरी अस्पताल सार्वजनिक भएको नतिजाले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर