आइतबार, भदौ २८, २०७७ मा प्रकाशित

भदौ २८(फरकसमाचार) बुटवलमा टिपरले ठक्कर दिँदा एक प्रहरी जवानको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल धागो कारखानानजिकै टिपरले प्रहरीलाई ठक्कर दिएको हो।

कपिलवस्तु नगरपालिका वडा नम्बर ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुङमा कार्यरत् प्रहरी जवान अमित श्रेष्ठको दुर्घटनामा ज्यान गएको हो। सोही घटनामा अर्का एक जना प्रहरी जवान घाइते छन्।

जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट बिदा लिएर घर आएका श्रेष्ठ र सोही कार्यालयमा कार्यरत् प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु१ख ८९९ नम्बरको टिपरले अगाडिबाट ठक्कर दिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार टिपरले उनीहरू सवार स्कुटरसहित दुवै जनालाई करिब ५० मिटर परसम्म लतारेको थियो।

टिपरको ठक्करबाट दाहिने खुट्टा चुँडिएका श्रेष्ठको संबेदनशील अंगमा समेत गम्भीर चोट लागेको र उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा  ज्यान गएको प्रहरीले जनाएको छ।स्रोत सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर