सोमबार, भदौ २९, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, भदौ २९ । बाँकेमा २४ जना र बर्दियामा १ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
भेरी अस्पताल नेपालगंजको कोरोना प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा बाँकेमा २४ जना र बर्दियामा १ जनालाई कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालको आधिकारीक फेसबुक पेजमा उल्लेख छ ।
बर्दियाको ठाकुरबाबा र बारबर्दियाको नगरपालिकाको स्वाब संकलन गरी परिक्षणको लागि दाङ पठाइएको रिपोर्ट अझै नआएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए ।