बेद प्रकाश गुप्ता
टिप्पणी
असोज ३ (फरकसमाचार)
एक दशक अघि देखि नै बिभिन्न सेक्टरमा काम गर्ने बर्दियाका जिल्ला मधुवन नगरपालिका ढोढरी बस्ने ४५ वर्षिय सुरेश पन्थको नाम अग्रपंक्तिमा छ । समाजिक क्षेत्रमा नयाँ नयाँ काममा तल्लिन हुने पन्थको नाम बेला बखत समाजिक संजाल, पत्रपत्रिकामा भााईरल बन्दै आएको छ । काम गर्ने क्रममा समाज वा समुदायका प्रमुख मुद्दा प्राथामिकतामा राखेर काम गर्दा पन्थको नाम समाजसेवामा पछिल्लो समय सधै जोडियो ।
जसले गर्दा सर्बसाधरणको मन जित्न उनी सफल देखिए । विपन्न वर्गका समुदायका मानिसवाट पन्थ वाहवाही पाउँने एक्ला व्यक्ति हुन । यस्ता कारणले समाजसेवामा उनको आवश्यक्ता चौतर्फी बनिरहेको छ ।
प्रबल जन सेवा श्री पदक सम्मानको अवसर
पन्थकोे कामले सकारात्क सन्देश दिन थालेको एक दशक बितिसकेको छ । पश्चिम नेपालमै बिभिन्न सकारात्मक काममा उनको अग्रसरताले लोकप्रिय बन्दै गएका पन्थको समुदायमा गुनगान गाउँने धेरै छन् । काठमाडौंमा बस्ने पन्थले जिल्लाको लागि के काम गरिरहेको छ भन्ने जिल्लाबासीलाई चासोको विषय बन्ने गर्छ । केहि महिना काठमाडौ बस्ने र जिल्लामा केहि नयाँ नयाँ योजना भित्राएर कार्यान्वयनमा ल्याउँने पन्थको आदतले जिल्लाबासी प्रभावित छन् । पन्थको स रिदय मन र समाजसेवामा भएको लगानीले सह्रानिय भएको समुदायमा टिप्पणी हुने गर्छ । पन्थको गृह जिल्ला बर्दियामा मुक्त कण्ठले प्रशंसा गर्ने जिल्लाबासी विकास प्रेमी पन्थको पक्षमा देखिन्छन् ।
असोज ३ गते गोरखापत्रमा सार्वजनिक गरिएको राष्ट्रपतिबाट सम्मान थाप्ने सुचिमा पन्थको नाम पर्दा जिल्लाबासी खुसी छन् । लामो समय देखि आफ्नो क्षेत्र वा गाउँ गाउँमा गुणस्तरिय शिक्षाका लागि गरेको लगानी, कृषि क्षेत्रमा गरेको लगानी, यूवालाई रोजगारी सिर्जना र आझेलमा परेका ग्रामिण क्षेत्रमा नभएका बिकास निर्माणका लागि पन्थले गरेको पहलको कदमिले उनको नाम सिफारिस भएको जिल्लाबासीको आकलन छ । पन्थले प्राप्त गर्न थालेको सम्मानको भागीदार पनि पन्थ भएको जिल्लाबासीको दाबी छ । तर, कसरी प्राप्त गरे त प्रबल जन श्री पदक भन्ने बारे यतिबेला आम चासो को विषय बनेको छ । अहिले सम्म जिल्लाका समाजसेवी, नेता, राष्ट्र सेवक कर्मचारी, व्यबसायी र उद्यमीले नपाएको पदक उनको नाम किन चयन गरेको होला भन्ने विषयमा जिल्ला बासीलाई एकातिर गर्व छ भने एकातिर चासोको विषय बनेको छ ।
पश्चिम क्षेत्रका एक्ला समाज सेवक पन्थ
पन्थले जिल्लाका लागि गरेको योगदानका कदर भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । उनका अनुसार सफल उद्यमी पन्थले रोजगारी सिर्जना गरेको, देशलाईनै संकटमा परेको अबस्था कोभिड १९ संक्रमण नियन्त्रणमा जिल्लाका लागि गरेको सहयोग अतुलनिय छ । ‘राज्य संकटको अवस्थामा गुज्रिएको बेला राज्यलाई सहयोग गर्ने काम उँहाले गर्नु भएको छ,’ अधिकारीले भने । देशका सबै जिल्ला सम्मानका लागि नाम जाने गरेको उनले बताए ।‘ समाजमाा गरेको योगदान र राज्य अफ्ठ्यारो अवस्थामा परेको बेला पन्थजिको भुमिका एक दमै सकारात्म पाएको मुल्याकंन गरेर नाम सिफारिस गरेका थियौ,पन्थजिको नाम चयन भएछ,हामीलाई पनि गर्बको कुरा हो,’ प्रजिअ अधिकारीले भने ।
पन्थको गृह जिल्ला बर्दियामा २०७१ र २०७४ साउँन अन्तिम आएको भिषण बाढी एक लाख परिवार घरबिहिन भएका थिए । ५० जना बेपत्ता भएको अवस्थामा बाढी पिडित व्यबस्थापन गर्ने उनी रातदिन खटिएका थिए ।नेकपाको नेता समेत रहेका पन्थले जिल्लामा बाढी व्यबस्थापन उनको प्रमुख भुमिकामा काम गर्ने भनेर चिनिए । विश्वनै कोभिड १९ संक्रमण नियन्त्रण गर्न नसकिरहेको अबस्थामा पन्थले कोरोना संक्रमण नियन्त्रणका लागि गृह जिल्लामा फन्ट लाईनमा काम गर्ने प्रहरी,स्वास्थ्य र सुचना संवाहक पत्रकारलाई बिपद व्यबस्थापन समिति मार्फत अफठ्यारो परिस्थितिमा ५० लाखको स्वास्थ्य सामाग्री उपलब्ध गराउँने पन्थ जिल्लाका एक्ला व्यक्ति हुन । राज्यलाई तन,मन र धनले सहयोग गरेका पन्थको जिल्लाबासीका लागि समुदाय र समाजको विकास निर्माणमा योगदान गरेका कार्यको रकर्डमा लामो सूचि छ ।