अलविदा चिफ सरः रियलमा जन्मियौ, रियलमा विलिन भयौ
आइतबार, असोज ११, २०७७ मा प्रकाशित

बबई बहुमूखी क्याम्पस, बर्दियाका प्रमुख बिनोद कुमार अग्रवाल शनिवार दिउसो निधन भएको छ । लामो समय क्यान्सर रोगले पिडित अग्रवालको ५२ वर्षको उमेरमा मृत्यु भएको हो ।

निर्मल घिमिरे
पत्रकार

सर, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ । तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ ।
सर, मेरो जीवन छँदासम्म मेरो ढुकढुकीमा बाँच्नेछौ । तिम्रो पदचाप लिएर हिंडीरहेको छु र हिंडिरहनेछु सर । किन भने उच्च शिक्षा अध्यन गर्दा देखि नै तिम्रो निस्वार्थ माया पाए । तिमिले सधै माया ग¥र्यौ । ‘आई कम’ मा नोपलगंज स्थित महेन्द्र बहुमूखी क्याम्पसमा ज्वाईन गरेपनि घर गुलरिया भएकाले तिमी प्रमुख रहेको बबई बहुमूखी क्याम्पस म सधै जान्थे । त्यहि वर्ष देखि कमर्स बिषय अध्यापन बबई क्याम्पसमा शुरु भएको थियो ।

हसिलो मुस्कानका साथ सोध्ने गथ्र्यौ निर्मल के छ ? गुलरिया नगरपालिका सन्तोषि टोलमा बस्ने तिमी बजारको घरमा सरेपछि भेट नहुने कुनै दिन थिएन तिमी सँग । तिमी हास्थ्यौ म सर नमस्कार भन्थे । तिम्रो घरको बाटो हिड्दा तिम्रो हरेक कुरा खयाल गर्थे मैले पनि । तिमिले त गफ गर्न खोज्थ्यौ म सँग पनि । म लाज मान्थे । तिमिलाई धेरै कुरा थाहा छ, राम्रो पत्रकार भईसक्यौ भन्दा म हौसिन्थे ।

एक्कासी तिमिलाई अबूर्द रोग च्यापेको खबर मलाई विचलित बनाएको थियो । नराम्रो खबरले म धेरै नै दुखी चिन्तित थिए म । करिब करिब तिम्रो स्वास्थ्यको बारेमा चासो राख्न थालेको दुई वर्ष पुगे होला । सर दिल्लीबाट आउँनु भयो कि नाई सरको अवस्था कस्तो अवस्था छ यस्ता यस्ता कुरा मेरो मनमा लामो समय देखि खेलिरहेको थियो ।

तिम्रा धेरै बिद्यार्थी मध्य म एक तिमिलाई बिर्सन नसक्ने एक विद्यार्थी हुँ । अब तिमीले आफनो आँखाबाट तिमीले निर्माण गरेका भौतिक वा अभौतिक वस्तु देख्ने छैनौ । मेरो करिअरमा राम्रो हुदा तिम्रो निर्देशन गरेको पदचापमा हिँडेर नै म बाँचिरहेको सोच्नेछु ।

सर, तिमी मेरो जीवनमा रूपान्तरण भएर जीवित छौ जस्तो लाग्छ । सर तिम्रो देहावसानको शोकमा मन गह्रुंगो हुँदै गर्दा तिमीसँग सँगै हातेमालो गरेर हिँडेका कुराहरु स्मरण गर्न चाहान्छु । २०६४ सालमा बिबिएस सक्काएपछि बबई बहुमूखी क्याम्पसबाट बिदा लिएपनि तिम्रो माया सधै पाईराखे । सायद मैले पढाएको बिद्यार्थी भनेर होला सधै सानै देख्यौ र माया गरिरह्यौ । तिम्रो सादगी, निश्वार्थ एवं समर्पणपूर्ण जीवनलाई म सधै सम्झन चाहान्छु ।

तिमीले दिएको अजम्बरी माया । म बचेरो आज तिमीले प्रदान गरेको ज्ञान र सिपका कारण बाचिरहेको छु । तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु ।

सर, तिमी महान थियौ, तिम्रो स्वर्गमा बास होस भन्दै जीवन रहे सम्म पुजा गरिरहनेछु ।

हुन त मैले पनि आफ्ना वुवा र आमा गुमाईसकेको छु । सबै प्रियजनहरूको प्रार्थना, प्रेम र आशिर्वादको लागि म र हाम्रो परिवार हार्दिक आभारी छौं । २०६८ साल देखि व्यवसायीक पत्रकारीता शुरु गरेपछि सरसँग झन हिमचिम बढ्यो । सरसँग गुलरियाको विकासमा सँगै हातेमालो गरेको झलझलि याद आईरहेको छ ।

म पत्रकार भएर विकासको काममा सहभागी हुन्थे भने पढेलेखेको बुद्धिजिविका नाताले सर र मेरो ट्युनिङ सधै मिलि रहन्थ्यो । गुलरियामा भन्सार नाकाको पहल गर्न हामी कैयौ पटक भारतको लखनउ पुग्यो । क्याम्पस आंगिक बनाउँने क्रममा मलाई साथै लिएर सुर्खेत पुराएका थियौ । मैले विकासको पक्षमा समाचार लेख्दा बोलाएर राम्रो गरेका छौ निर्मल भन्दा मेरो गर्वले छाती चौडा हुन्थ्यो ।

चिफ सरको ईच्छा थियो, ‘बबई बहुमूखी क्याम्पसलाई आंगिक बनाउँएर देखाउँछु ।’ साँच्चै नै लामो प्रयास पछि उनले गरेरै देखाइदिए । यो कुरा स्वयम क्याम्पसका सहकर्मी तथा जिल्लाबासीले सधै सम्झिरहनेछन् । आंगिक क्याम्पस बनाउँन कसरी सम्भव भयो भन्ने विषयलाई लिएर सरकोे मैले काम गर्ने पत्रिकामा अन्तरवार्ता छापेको थिए । त्यतिबेला मलाई हेर्दे चिफ सरले भनेका थिए– ‘मैले चिनेको चौतारो ।’

चिफ सरको हसिलो अनुहारको भाव, उनको आँखा यति मोहक थिए की लाग्थ्यो उनीलाई नै हेरिरहूँ जुन नजिकबाट मात्र सम्भव थियो । यस्तो लोभलाग्दो मुस्कानले उनले सबैलाई खुसी राख्न सम्भव भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर