मस्कले आफुलाई करोनाको खतरा नभएको बताउने गरेका छन्। कोरोनाका कारण अमेरिकामा प्रतिवन्ध लगाउँदा पनि उनले आफ्नो टेस्ला फ्याक्ट्री खोल्ने बताएका थिए।
मास्कले कोरोना भाइरसका कारण गरिएको लकडाउनलाई पनि अनैतिक भनेका थिए। महामारीका कारण असुरक्षित महसुस गर्दै कार्यालय नआउने कर्मचारीलाई उनले कामबाट हटाएका थिए।
अमेरिकाका विभिन्न ठाउँमा लकडाउन गरेर गल्ती भइरहेको उनको भनाई छ। उनले लकडाउन नगरेर खतरा भएकालाई क्वारिन्टिनमा राख्न भनेका छन्।
अन्तरवार्ताको क्रममा उनलाई मानवताको कुरा गर्ने, अन्तरिक्षमा खोजको योजना बनाउने, इको-फ्रेन्डली कार बनाउने तर कोरोना भ्याक्सिन किन नलगाउने भन्ने प्रश्न गरिएको थियो। जवाफमा मास्कले लकडाउन समाधान भएको बताए। कोरोना भाइरसको कारण मानवताप्रति विश्वास घटेको उनले बताए। मानिस तर्कहिन भएको उनको भनाई छ। साभार : नागरिक दैनिक