विजयी घोषणा हुनुअघि नै बाइडेनले थाले राष्ट्रपति पद सम्हाल्ने तयारी
शनिबार, कार्तिक २२, २०७७ मा प्रकाशित

वासिङ्टन –  जो बाइडेनले विजयी घोषणा हुनुअघि नै अमेरिकाको राष्ट्रपति पद सम्हाल्ने तयारी थालेका छन्।

न्युयोर्क टाइम्सका अनुसार आगामी हप्ता ह्वाउट हाउसका लागि वरिष्ठ अधिकारीको नाम घोषणा गर्ने सम्भावना छ।

वासिङ्टन र डेलावेरमा ककसले कुन पद प्राप्त गर्लान् भन्ने चर्चा भइरहेको छ। पत्रिकाका अनुसार बाइडेनले अमेरिकाको इतिहासमै समावेशी मन्त्रिमण्डल बनाउन सक्छन्।

यस वर्षको सुरुवातमा बाइडेनले आफ्नो सम्भावित मन्त्रिमण्डलबारे भनेका थिए, ‘पुरुष, महिला, समलिंगी, काला, गोरा, एसियाली सबै हुनेछन्।’

न्युयोर्क टाइम्सले १२ वटा स्रोतबाट बाइडेनले सबभन्दा पहिले ह्वाइट हाउसका कर्मचारीबारे निर्णय गर्नेछन्। मन्त्रिमण्डलमा समावेश हुने व्यक्तिको नाम यही नोभेम्बरको अन्त्यतिर घोषणा हुने सम्भावना छ।

राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न चुनवाको मत गणना भने जारी छ। चुनावमा बाइडेन र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। अहिलेसम्मको नजिताअनुसार बाइडेनले जित्ने सम्भावना प्रबल छ। – साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर