यस अनलाईनका विज्ञ" />

आज – १४ पौष २०७७ मंगलवार को राशिफल
मङ्गलबार, पुष १४, २०७७ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता,पाठक, शुभभिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । व्यापार ब्यबसायबाट आम्दानी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तको प्रगतिमा मन रमाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ । विद्या र बुद्धिके विकास हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । स्वादिष्ट भोजन पनि मिल्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यापार व्यसायबाट लाभनै मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज नयाँ कमको थालनी हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने भयछ । विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । स्वास्थ्य प्रति सजकता अपनाउनु होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर