यस अनलाईनका विज्ञ" />

आज – २२ चैत्र २०७७ आइतवार को राशिफल
आइतबार, चैत २२, २०७७ मा प्रकाशित

यस अनलाईनका विज्ञापन दाता, पाठक, शुभचिन्तकलाई सुपादेउराली माताले कल्याण गरुन

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । जोश जाँगर र उमङ्ग पनि बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विद्या र बुद्धिके विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयरबजारबाट पनि सफलता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । दैनिककार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी छाउनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । शेयरबजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

सम्बन्धित खवर