बर्दिया, बैशाख १ (फरकसमाचार)
नेपाल भारतको खुला सीमानाको फाईदा उठाउँदै नेपालमा अपराध गरेर आश्रय लिने गरेको पाईन्छ । नेपाल अपराध गर्ने अपराधी भारतमा आश्रय लिदा कैयो अपराधी कैद भुक्तान हुन सकेको छैन । पछिल्लो समय रणनितिक योजनामा परिचालित प्रहरीले अपराधीका गतिबिधि, निगरानी र समन्वयको पाटोले सफल देखिएको छ । भारतमा बसेपनि बिभिन्न समय नेपाल आउँने गरेको विश्वस्त स्रोत नहुदा प्रहरीले केहि घटनाको सफल अनुसन्धान गर्न नसकेको अवस्थामा खटिक पक्राउले प्रहरीलाई पुरानो आलोचनाको धब्बा हटाएको जिल्ला वासीले चर्चा गरेका छन् ।
नेपालमा अपराध गरेर भारतमा आश्रय लिने अपराधी प्रहरीको बिश्वस्त स्रोतको परिचालन गरी पक्राउ गर्न सफल भएको एसपि कार्कीले दाबी गरे । नेपाल भारतको खुला सीमाना कारण यस्ता चुनौती रहेको उनको भनाई छ । जबरजस्ती करणी, लागु औषध र जघन्य अपराध गरी
भारतमा आश्रय लिने गरेको तथ्य सार्वजनिक भएपनि खटिक पक्राउ प्रकरण अपराधीलाई भारतमा आश्रय लिने कार्य निरुत्साहित सहयोग पुगेको उनी बताउँछन् । ‘प्रहरीको कर्तव्यमात्र नभई अपराधीलाई कैद भुक्तान गर्न लगाउनु जिल्लावासीको साथ र सहयोगको अपेक्षा गर्छु’उनले भने,‘जिल्लामा लागु औषध मुक्त समाज, अबैध चोरी पैठारी, मानव बेचबिखन, फरार अपराधी मुक्त जिल्ला घोषणा गर्न प्रहरी २४ औ घण्टा जिल्लावासीका साथमा छ ।’