राष्ट्रपति रनिङशिल्ड बैशाख ४ गते देखि सुरु
शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख ३(फरकसमाचार)

गुलरियाको कवर्डहल मैदानमा सुरु हुन थालेको १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बैशाख चार गते देखि सुरु हुने भएको छ । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रपति रनिङशिल्ड उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख शंकर थारुले गर्दैछन् । खेल मैदान व्यवस्थापन र अन्य क्रियाकलापका लागि अन्तिम तयारीको काम भईरहेको आयोजक बिद्यालय कोटहि माबिका प्रअ ज्ञानेन्द्र रावलले जानकारी दिए । समग्र खेलकुद क्षेत्रको विकास गर्ने उदेश्य र लक्ष्य सहित राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्न थालिएको छ ।

प्रतियोगितामा हुने प्रतिस्पर्धाबाट राम्रो खेलाडीको छनोट हुने विश्वास आयोजकको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, तेक्यान्डो, कराते, उसु लगायतका खेलको प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्ला भरिका ८ वटा स्थानीय तहका माध्यामिक विद्यालय सहभागी हुनेछन् ।

बिजेता बिद्यालयले एथलेटिक्समा १३ स्वर्ण पदक, १३ रजत र काश्य पदक हात पार्ने छन् । भलिबल प्रतियोगितामा छात्र र छात्रा बिच प्रतिस्पर्धा गराईनेछ । बिजेताले दुई वटा स्वर्ण ,रजत र काश्य पदक हात पार्नेछन् । मार्शल आर्ट उसु पनि छात्र रछात्रा बिच प्रतिस्पर्धा हुनेछ । बिजेताले ८ स्वर्ण, ६ रजत र ६ काश्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ । राष्ट्रपति रनिङशिल्डको तयारी अन्तिम चरणमा ६ काश्य पदक जित्नेछन् । कबड्डीको प्रतिस्पर्धामा दुई स्वर्ण, दुई रजत र ४ काश्य जित्नेछन् । यस्तै गरी कराते र ट्याक्यान्डो प्रतियोगिता हुनेछ । करातेको बिजेताले ४ स्वर्ण, ४ रजत र ८ काश्य प्रबन्ध मिलाइएको छ भने ट्याक्यान्डो प्रतिस्पर्धाको बिजेताले ६ स्वर्ण, ६ रजत र ९ काश्य जित्ने छ ।
‘जिल्लाको ठूलो हिस्सा नै यस प्रतियोगितामा सहभागी हुन थालेको छ,’पत्रकार सम्मेलनमा रावलले भने,‘यस प्रतियोगिताबाट राम्रा खेलाडीको छनोट हुने आयोजकले बिश्वास लिएको ’ उनका अनुसार चिन्ह र ट्रयाक खन्ने काम सकिएको छ ।

प्रतियोगितामा छात्र, छात्रा र प्रशिक्षक गरी एक हजार जना सहभागी हुनेछन् । आयोजक कोटहि मााविका स्कुले विद्यार्थीलाई मार्चपासका लागी सेनाले प्रशिक्षण दिईरहेको छ ।

खेलमा सहभागी हुनेलाई छात्र र छात्रालाई सम्बन्धि पालिका आवासको प्रबन्ध गरेको छ ।
मानवको अभिन्न अंग जस्तै खेल बनिरहेको बेला र जिवन उपयोगि गराउनका लागि खेल महत्वपुर्ण भएकाले राष्ट्रपति रनिङशिल्ड आयोजना गरिएको प्रअ रावलले बताए । ४ गते बाट शुरु हुने प्रतियोगिता ६ गते सम्म चल्नेछ । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता व्यबस्थापन र निर्देशन समतिको अन्डरमा प्रतियोगिता सम्पन्न हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर