६ बैशाख,नेपालगञ्ज/ कोरोना संक्रमणका कारण सोमबार विहान नेपालगञ्ज स्थित भेरी अस्पतालमा २० बर्षिय स्टाफ नर्स अनिता वलीको मुत्यू भएको छ ।
भेरी अस्पतालका प्रमुख प्रकाश थापाका अनुसार दांग तुल्सीपु वडा नम्बर ६ निवासी अनिताको कोरोना संक्रमणका कारण गम्भीर बिरामी भई भेरी अस्पतालमा उपचार भइरहेकोमा सोमबार विहान १० बजे मुत्यु भएको जानकारी दिनुभएको छ ।
दांग स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनिताको आमा पनि कोरोना संक्रमण बाट गम्भीर बिरामी भई अस्पतालमा उपचार भइरहेको छ।