बर्दिया, बैशाख ७ (फरकसमाचार)
सशस्त्र प्रहरीले सोमबार मन्दिर सरसफाई गरेको छ । चैते दशैलाई मध्यनजर गरेर सशस्त्र प्रहरीले गुलरिया नगरपालिका–७ मा रहेको बंगलामुखी मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोबिन्द केसीको कमाण्डमा खटिएका ८४ जनाको टोलीले मन्दिर सरसफाई गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी टोलीले बिहान ६ः३० बजे देखि ७ ः ४५ बजेसम्म मन्दिर परिसर सरसफाई गरिएको हो ।
मन्दिर परिसरमा कुचो लगाई पातपक्तिङगर व्यवस्थित ठाउँमा फालिएको छ । मन्दिर परिसर सफा सुघर भएको छ । सशस्त्र प्रहरीले गरेको मन्दिर सरसफाई कार्य अतिनै सराहनिय रहेको मन्दिर व्यवस्थापन समितिकी कोषाध्यक्ष निर्मला मैनालीले बताईन् ।