मङ्गलबार, बैशाख ०७, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ७ (फरकसमाचार)
लागु औषधसहित एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । प्रहरीले बढैयाताल गाउँपालिका–८ ईट्टा भट्टा नजिकबाट उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ बस्ने ४१ वर्षिय राजेन्द्र बर्मा रहेका छन् । बर्मा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले खानतलासी गर्दा उनको साथबाट ३ सय १० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । प्रहरी चौकी कालिकाबाट प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्मालाई नियन्त्रणमा लिएको हो । प्रहरीले बर्मालाई नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।