भारतले १८ वर्षमाथिका सबैलाई कोरोना खोप दिने
मङ्गलबार, बैशाख ०७, २०७८ मा प्रकाशित

बैसाख ७(एजेन्सी )भारत सरकारले  १८ वर्षमाथि सबै नागरिकलाई कोरोनाभाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सोमबार बसेको एक बैठकले मे १ देखि  सुरू हुने तेस्रो चरणको खोप अभियानमा १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने निर्णय भएको हो।

यसअघि भारतमा ४५ वर्षमाथिकालाई मात्र खोप लगाइन्थ्यो।

प्रधानमन्त्री मोदीले धेरैभन्दा धेरै भारतीयलाई कमभन्दा कम समयमा खोप लगाउनका लागि आफ्नो सरकारले गएको एक वर्षदेखि काम गरिरहेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर