बर्दिया, बैशाख ७(फरकसमाचार)
राजापुर नगरपालिका— १ मा सोमवार एकै परिवारका ६ जनामा कोरोना संक्रमण भएको छ । शनिवार यसै परिवारका ७३ वर्षिय पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको राजापुरका स्वास्थ्य शाखाका प्रमुख गणेश अर्यालले बताए ।
६ जना घरकै क्वारेन्टाईनमा उपचार गराई रहेका छन् । कोरोना संक्रमित भारतको मुम्बईबाट आएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए । भारतबाट आएका सबैको तथ्यांक लिन राजापुर नगरपालिकाका शिक्षकलाई खटाइएको प्रमुख प्रशासकिय अधिकृत न्यौपाने जनाए । राजापुरमा ५१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हाल सम्म बर्दियामा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यसैगरी मंगलबार बर्दियामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।