भेरीमा उपचाररत अर्का संक्रमितको मृत्यु
बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित

नेपालगन्जः भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज -१२ का ७० वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो।

ती व्यक्तीलाई चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।स्वास्थ्य पेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर