छोरीको मृत्यु, श्रीमति शैयामा, आफै संक्रमित
शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

बैशाख १०,(फरक समाचार)/ नेपालगन्ज । दांग तुलसीपुरका सन्तोष वली १२ दिनदेखि कोरोना संक्रमित छन् । अराम गर्ने अवस्थामा उनी भेरी अस्पताल आसपास दौडधुप गरिरहेको भेटिन्छन् । संक्रमित श्रीमतिको उपचारका लागि उनको दौडधुप बढेको हो । अस्पताल बसाई उनका लागि निकै कष्ट बनेको छ । कारण केही दिनअघिमात्रै उनले छोरी गुमाएका छन् । स्टाफनर्सकै रुपमा दांगमै कार्यरत रहँदा छोरी अनिसा पनि कोरोना संक्रमित भएकी थिईन । भेरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । यसले सन्तोषलाई निकै पीडा दिएको छ । ‘कोरोनाले छोरी लाग्यो । श्रीमति अस्पताल भर्ना गरेको छु । म आफै पनि १२ दिनदेखि संक्रमित छु,’ उनी रुदै पीडा पोखे,‘कोरोनाले मेरो परिवार तहसनहस पारिदियो ।’

पश्चिम क्षेत्रको सबै भन्दा ठुलो सरकारी अस्पतालका रुपमा रहेको भेरी अस्पतालको कोरोना वार्डमा चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको अभाव छ । जसका कारण संक्रमितहरु उपचारबाट बन्चित हुन थालेका छन् । ‘के सरकारले दिने सुविधा यही हो ?, उनको प्रश्न छ । उनीे ओषधी लिनका लागि कहिले दौडेका पनि हुन्छन् । भेरी अस्पतालमा कोरोना परीक्षण गर्नेको चाप बढेको देखेर उनी त्रसित छन् । कोरोनाको विरामी बढेको देखेर उनी हैरान छन् । ‘कोरोनाले सबैलाई दुःख दिइरहेको छ । हाम्रा छोराछोरी खोसिरहेको छ । कसैको आफन्त खोसेको छ,’ उनले भने ।दस्ताबेजबाट

प्रतिक्रिया

सम्बन्धित खवर