बर्दियाका  कोरोना संक्रमित पुरुषको कोहलपुरमा मृत्यु
शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

बर्दिया, बैशाख १० (फरकसमाचार)  थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

राजापुर नगरपालिका–९ का ४२ वर्षिय पुरुषको मृत्यु भएको हो । संक्रमित पुरुषको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्लामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासनले जनाएको छ । १७ महिला र २१ पुरुषमा भाइरस पुष्टि भएको हो । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय १२ पुगेको छ । निको हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ । २ सय १८ जनामा भाइरस सक्रिय रहेको छ भने २४ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । जिल्लामा हालसम्म १४ हजार ७ सय ९८ जनाको पिसिआर गरिएको छ ।

संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ । निस्कनै पर्ने अवस्थामा स्वास्थ्यका मापदण्डको पुर्ण रुपले पालना गरी निस्कन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर