बैशाख ११,(फरक समाचार)/ नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरले बालबालिका नराम्ररी प्रभावित भएका छन् । नेपालमा पछिल्लो समय कुल संक्रमितमध्ये १० प्रतिशत बालबालिका छन् ।
अहिले अस्पतालको ओपिडीमा उपचारका लागि बालबालिकामध्ये ५० प्रतिशतमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको चिकित्सकहरुको भनाइ छ । तीन सातायता ‘सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ जस्ता समस्या भएका धेरै बालबालिका अस्पताल आउने गरेको उनीहरु बताउँछन् ।
कम उमेर समूहका बालबालिकामा पहिलो लहरको तुलनामा कोरोनाको नयाँ भेरियन्टको संक्रमण दर निकै बढेको हो । बालबालिकामा संक्रमण दर यही रफ्तारले बढ्दै गए अस्पतालहरुले धान्न नसक्ने बालरोग विशेषज्ञ तथा इसान अस्पतालका निर्देशक डा. आरके चौधरी बताउँछन् ।
दैनिक करिब २ हजार कोरोना संक्रमित पुष्टि हुँदा उपत्यकाका अस्पतालमा बेडको अभाव हुन थालेको छ । ‘सामान्य अवस्थामै पनि बालबालिका बिरामी हुँदा बेड नपाएर बिरामीका आफन्त भौतारिनुपर्ने अवस्था थियो,’ उनले भने, ‘बालबालिकामा नयाँ भेरियन्टको कोरोना संक्रमण दर यही गतिमा बढेमा ठुलो समस्या सिर्जना हुन्छ ।’रातोपाटीबाट